कांग्रेस प्रवक्ताको आक्रोशः अविश्वासको प्रस्ताव रोक्न गुण्डागर्दी ?

कांग्रेस प्रवक्ताको आक्रोशः अविश्वासको प्रस्ताव रोक्न गुण्डागर्दी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको र पछि चरक अस्पतालमा भेटिएको प्रशंग उल्लेख गर्दै शर्माले सरकारले नै बन्दी बनाएको आरोप लगाएका हुन् । उनले स्वस्थ, तन्दुरुस्त मान्छेलाई आईसीयूमा किन राखिएको ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’