बेपत्ता भएका सांसदको कोरोनाको दुई थरी रिपोर्ट, मुख्यमन्त्री अस्पताल पुगे

बेपत्ता भएका सांसदको कोरोनाको दुई थरी रिपोर्ट, मुख्यमन्त्री अस्पताल पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको कोरोना भाइरस संक्रमणको रिपोर्टमा आशंक उब्जिएको छ ।

बेपत्ता भनिएका सांसद शाही पोखराको चरक अस्पतालमा भेटिएका थिए । उनको कोरोना रिपोर्ट दुई थरी फेला परेको छ ।

काठमाण्डुपाटीलाई प्राप्त भएको रिपोर्टमा एउटामा कोरोना संक्रमण नेगेटिभ छ भने अर्कोमा पोजिटिभ रिपोर्ट आएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार बिहान ७ः२० मा आएको रिपोर्टले नेगेटिभ देखाएको छ भने पोखराकै लाइफ केयर डायगोनोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा गरिएको परीक्षणमा पोजिभिट रिपोर्ट आएको हो ।

दुई वटै रिपोर्ट १० मिनेटको फरकमा आएको हो । १० मिनेटको फरकमा आएको रिपोर्टले सत्तापक्षले सांसद लुकाउने खेल खेलेको आरोप लागेको छ । उनको दुवै स्वाव संकलन मंगलबार नै गरिएको थियो ।

बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति जनाएका सांसद अस्पतालमा फेला परेपछि बैठक नै स्थगित भएको छ । विपक्षी दलहरुले सत्तापक्षले सांसद शाहीको अपहरण गरेको आरोप लागेको छ ।

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद अपहरणमा परेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा निवेदन दर्ता गरेको छ ।

जनमोर्चाकी सचेतक प्रमुख पियारी थापाले दर्ता गरेको पत्रमा अज्ञात रहेका सांसद शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र सदन स्थगित गर्न माग गरिएको छ ।

उनलाई भेट्न मुख्यमन्त्री गुरुङ अस्पताल पुगेका छन् । उनलाई अस्पताल प्रशासन भेट्न दिएन । कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले भेट्न नदिएको अस्पताल प्रशासनले जनाएको छ ।