विप्लवका नेतामाथिका सबै मुद्दा फिर्ता गर्न मिल्दैनः महान्यायाधिवक्ता

विप्लवका नेतामाथिका सबै मुद्दा फिर्ता गर्न मिल्दैनः महान्यायाधिवक्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधीवक्ता रमेश बडालले संविधान र कानूनले मिल्ने मुद्दा मात्र फिर्ता हुने बताएका छन् ।

सरकारका कानुनी सल्लाहकारसमेत रहेका वडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताएका छन् ।

उनले भने, ‘नेकपा विप्लव समूह, सीके राउत र मधेश आन्दोलनसम्बन्धी १५ वटाभन्दा बढी मुद्दाहरु फिर्ता लिन मिल्ने भनी सरकारलाई राय दिएको र सोहीअनुसार आज सरकारले मधेश आन्दोलनका विभिन्न मुद्दाहरु फिर्ता लिएको छ ।’

गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीनबुँदे सहमतिपछि विद्रोहमा रहेको ‘विप्लव’ नेतृत्वको नेकपा शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको हो । महान्यायाधिवक्ता कार्यालयलाई मुद्दा फिर्ता लिनका लागि राय दिने संवैधानिक व्यवस्था छ ।