बिहीबार कुन राशिका लागि कति शुभ ?यस्तो छ भाग्यफल

बिहीबार कुन राशिका लागि कति शुभ ?यस्तो छ भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७८ साल बैशाख १६ गते बिहीबार । ईश्वी सन् २०२१ अप्रिल २९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन् । पढाइ लेखाइमा एकरुपमा नहुँदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् ।  प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी विचमानै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला ।