काठमाण्डु – काठमाण्डु उपत्यकाका तीन जिल्लामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ ।काठमाण्डु , ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको हो । यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।
प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई मात्रै सडकमा आवतजावत गर्न दिएको छ। उपत्यकामा कोरोना संक्रमण बढेपछि काठमाण्डु , ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाका कारण काठमाण्डु उपत्यकाका सडकहरु विहानैदेखि सुनसान देखिएका छन् ।
निषेधाज्ञा अवधिमा के खुल्छ, के खुल्दैन ?







प्रतिक्रिया