काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना भएका छन् । उनी न्यूरो इन्डोक्राइनको ट्युमरको अपरेशन गर्नका लागि अस्पताल भर्ना भएका हुन् ।
डा. भट्टराई वैशाख १७ गते अर्थात भोली हुने शल्यक्रियाका लागि आज काठमाण्डुस्थित वीर अस्पतालमा भर्ना भएका छन् । डा. सुबोध अधिकारीको नेतृत्वले उनको शल्यक्रिया गर्ने बताइएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको सद्प्रयास र सबैको सद्भावले स्वास्थ्यलाभ हुने विश्वास व्यक्त गरेका छन् ।
‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहदा कामना छ–कोरोनाको दोश्रो लहरसंग जुझ्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं’, उनले भनेका छन् ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो । वायोप्सी, सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । उनको शल्यक्रियाद्वारा ट्युमर चाँडै फाल्नुपर्ने चिकित्सकहरुले बताएका थिए ।




प्रतिक्रिया