कांग्रेस मतगणना : प्रदीप पौडेल भारी मतले अगाडि हुँदा उयद र सुनीलबीच कडा प्रतिस्पर्धा

कांग्रेस मतगणना : प्रदीप पौडेल भारी मतले अगाडि हुँदा उयद र सुनीलबीच कडा प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा महामन्त्रीमा प्रदीप पौडेल, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महिला महामन्त्रीमा डा. डिला संग्रौलाले अग्रता कायम राखेका छन्।

४ हजार ६०० मत गणना हुँदाको विवरणअनुसार खुला महामन्त्रीमा पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ४९१ मत पाएका छन्। पौडेल र राणाबीच १ हजार १६६ मतको अन्तर छ।

खुला उपसभापतिमा भण्डारीको अग्रता

खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। भण्डारी ९०२ मतले अगाडि छन्।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र प्रा. डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतिमा चौधरी अगाडि

समावेशी उपसभापतिको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मत प्राप्त गर्दै अग्रता लिएका छन्।

जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रञ्जित कर्णले ३५२ मत पाएका छन्। चौधरी र परियारबीच ३८ मतको अन्तर छ।

महामन्त्रीमा पौडेलको अग्रता कायमै

खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ६५७ मत प्राप्त गरेका छन्। उदयशमशेर राणाले १ हजार ४९१ र डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत पाएका छन्।

त्यस्तै, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा संग्रौला अगाडि

महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन्। संग्रौला र उपाध्यायबीच १९९ मतको अन्तर छ।