गण्डकीको मन्त्रिमण्डल पुर्नगठन, दीपक मनाङे खेलकुद मन्त्री

गण्डकीको मन्त्रिमण्डल पुर्नगठन, दीपक मनाङे खेलकुद मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयमा दीपक मनाङेलाई नियुक्त गरेका हुन् ।

उनले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ खुवाएका हुन् ।

मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता भएकाले बेला मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।

६० सांसद रहेको प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । उनलाई सरकार बचाउन तीन जना सांसदको आवश्यकता पर्नेछ ।

मनाङबाट नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङले मंगलबारको प्रदेशसभा बैठकमा स्वतन्त्र सांसदको सिट माग गरेका थिए । बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची भए पनि उनी अनुपस्थित भएका थिए ।