काठमाण्डु – लुम्बिनी प्रदेशका चार जना सांसदलाई कारबाही गरेको विषयमा जनता समाजवादी पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
बिहीबार लुम्बिनी प्रदेससभाले जसपाका चार जना सांसदलाई पदमुक्त गरेको जानकारी दिएको थियो । सोही विषयमा अध्यक्ष महन्थ ठाकुरले अहमति जनाएका हुन् ।
अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने बताएका छन् । लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति गठन नभएकाले प्रदेश संसदीय दललाई नै स्वायत्तता दिइएको उनको भनाई छ ।
‘संसदीय दललाई नै स्वायत्तता दिइएकाले केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी गराइन्छ’, उनले भनेका छन् ।
सांसदहरु सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरिएको थियो ।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गर्न माग गरेका थिए ।

र यो पनि
लुम्बिनी प्रदेशमा जसपाका चार जना सांसद पदमुक्त, ठाकुर पक्षको असहमति




प्रतिक्रिया