मन्त्री पदको शपथ लिएपछि दीपक मनाङेले भनेः यो सरकार दुई हप्तामा जान सक्छ

मन्त्री पदको शपथ लिएपछि दीपक मनाङेले भनेः यो सरकार दुई हप्तामा जान सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका नवनियुक्त खेलकुदमन्त्री दीपक मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार एक दुई हप्ताभित्रै ढल्ने दाबी गरेका छन् ।

बिहीबार साँझ मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनाङेले यो सरकार केही हप्तामा ढल्ने दाबी गरे ।

‘यो सरकारको कामै छैन, दुई हप्तामा जान सक्छ,’ उनले भने, ‘जति समय बस्छु, परिवर्तन गरेर देखाउँछु ।’

उनले आफू मन्त्री हुनका लागि सांसद नभएको बताए । मन्त्री मनाङेले आफू मन्त्री भएपछि पोलिसी बनाएर छोड्ने र अर्को मन्त्रीले काम गर्ने बताएका छन् ।