काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनामा महामन्त्रीमा प्रदीप पौडेल, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महिला महामन्त्रीमा डिला संग्रौलाले अग्रता कायम राखेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि जारी मतगणनामा ४ हजार १०० मत गणना हुँदासम्म पौडेल, भण्डारी र संग्रौला आ-आफ्नो प्रतिस्पर्धामा अगाडि देखिएका हुन्।
खुला उपसभापतिमा भण्डारीको अग्रता
खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार २७८ मत पाएका छन्।
त्यस्तै, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, धनराज गुरुङले ९०८, दीपक गिरीले ५७९ र प्रा. डा. चन्द्रमोहन यादवले ३३५ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि
एक पदका लागि भइरहेको समावेशी उपसभापतिको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार २६ मतसहित अग्रता लिएका छन्।
जीवन परियारले ९७९, सीता गुरुङले ६७६, फरमुल्लाह मंसुरले ५६५ र रञ्जित कर्णले ३११ मत पाएका छन्।
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ३९१ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार ३३३ मत पाएका छन्।
त्यस्तै, डा. सुनिलकुमार शर्माले १ हजार १७५, अमरसिंह पुन मगरले ८८७, गुरुराज घिमिरेले ८२३, नैनसिंह महरले ५३९, शंकर तिवारीले ७१ र डा. सन्तोष उपाध्यायले ५७ मत प्राप्त गरेका छन्। पौडेलले राणालाई १ हजार ५८ मतले पछाडि पारेका छन्।
महिला महामन्त्रीमा डिला संग्रौला अगाडि
महिला महामन्त्रीको एक पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. डिला संग्रौला (पन्त) ले १ हजार ८१६ मत प्राप्त गरेकी छन्।
उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ६३१ मत पाएकी छन्। त्यस्तै, रीता खनालले ४२० मत प्राप्त गरेकी छन्। संग्रौला र उपाध्यायबीचको मतान्तर १८



प्रतिक्रिया