पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।

उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको बताइएका छ । तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।