कोरोनाको लक्षण देखिएका गाउँपालिका अध्यक्षको मृत्यु, परीक्षण नै नगरी अन्त्येष्टी

कोरोनाको लक्षण देखिएका गाउँपालिका अध्यक्षको मृत्यु, परीक्षण नै नगरी अन्त्येष्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।

पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्षण देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।

कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।

चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनका तीन छोरा र पाँच छोरी रहेका छन् ।