कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेनः देउवा

कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न सकेनः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि सरकारबाट प्रभावकारी भुमिका खेल्न नसकेको बताएका छन् ।

सभापति देउवाले नागरिकहरु रोग र भोकले मृत्युवरण गरिरहेको अवस्थामा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका हुन् ।

सोही विषयमा धारणा सार्वजनिक गर्न उनले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

दिउँसो ३ बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनका सहयोगी भानु देउवाले बताए ।