काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफलतापुर्वक शल्यक्रिया भएको छ । आज बिहान काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टोलीले भट्टराईको शल्यक्रिया गरेको हो ।
शल्यक्रिया सफल भएको नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । यसअघि क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए ।
बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुल क्यान्सर नभएको बताएका थिए । तर, त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज शल्यक्रिया गराएका हुन् ।





प्रतिक्रिया