न्याय माग्दै सर्वोच्च पुगे जसपाका चार मन्त्री

न्याय माग्दै सर्वोच्च पुगे जसपाका चार मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका चार जना मन्त्री अदालत गएका छन् ।

जसपाको सिफारिसअनुसार बिहीबार प्रदेशसभाले चार जना जसपा सांसदलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका चार जना मन्त्रीहरु पार्टी र प्रदेशसभाले अन्याय गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् । उनीहरुले पार्टी र प्रदेशसभाविरुद्ध रिट दायर गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा गएका जसपाका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीले पदमुक्त गरेको हो ।