काठमाण्डु – नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियान थालेको छ । कोरोनाको जोखिम बढेको भन्दै सर्वसाधारणलाई मास्क लगाउन अनुरोधका साथ प्रहरीले उक्त अभियान थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी कार्यालय नवलपुरका प्रहरीले सडकमा हिँडिरहेका सर्वसाधारणहरुलाई अनिवार्य रूपमा मास्क प्रयोग गर्न अनुरोध गर्न अभियान नै सञ्चालन गरेको हो ।
कोभिड १९ को जोखिम बढदै गएकाले यसबाट बच्नकालागि अनिवार्य माक्स लगाउन सचेतना प्रदान गर्ने उदेश्यले ‘ तपाईको माक्स खोई ?’ अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताए ।
अभियानका क्रममा पैदलयात्री देखी यातायातमा सवार चालक सहित यात्रुलाई माक्स लगाउन भनिएको र मास्क नलगाई हिडेकाहरुलाई माक्स बितरण गरिएको प्रमुख थापाले जानकारी दिए




प्रतिक्रिया