स्वास्थ्य मन्त्रालयको विज्ञप्तिः नागरिकलाई त्रसित बनाउन कि सचेत ?

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिः नागरिकलाई त्रसित बनाउन कि सचेत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचनाले सर्वसाधारणमा त्रास फैलाएको छ ।

नागरिकको स्वास्थ्यको जिम्मा लिने मन्त्रालयले नै त्रास फैलाएको भन्दै आलोचना सुरु भएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण फैलिएकाले सतर्क रहन चेतावनी दियो ।

मन्त्रालयले घुमाउरो भाषामा आफ्नो व्यवस्था आफैं गर्न सर्वसाधारण नागरिकलाई आग्रह गरेपछि सामाजिक सञ्जालहरुमा सरकारले हात उठाएको हो ? भन्दै आक्रोश व्यक्त भएका छन् ।

‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिइरहेकाले यो अवस्थामा कृपया सबै संवेदनशील बनिदिनुहुन हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यसो भए सरकारले अन्य संक्रमित नागरिकहरुको उपचारको जिम्मा नलिने संकेत दिएको हो ? यस विषयमा मन्त्रालयको धारणा फरक छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निषेधाज्ञाको अवज्ञा भएकाले नागरिकलाई सचेत गराउन यस्तो भनिएको बताए । उनले संक्रमण उच्च बिन्दुमा पुगेकाले जनस्वास्थ्यका मापदण्डहरु अवज्ञा गरेकाले सचेत गराउन खोजिएको बताए ।

‘केही मानिसहरु अझै पनि कोरोनालाई मामुली ठानिरहेका छन् । उनीहरुलाई सचेत गराउन खोजिएको हो,’ उनले भने, ‘जनतालाई त्रशित तुल्याउने अभिप्राय होइन ।’