काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
तत्कालिन नेकपाबाट निर्वाचित भएकी सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत गुमाएको हो ।
कूल ८१ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट ४१ जना सांसद थिए । सरकार निर्माणका लागि एमाले एक्लैसँग बहुमत थियो । सांसद वलीले पार्टी परिवर्तन गरेपछि पोखरेल संकटमा परेका हुन् ।
पोखरेल संविधानको धारा १६८ को १ अनुसार नयाँ मुख्यमन्त्री बन्न नपाउने भएका छन् । उनले बहुमत गुमाएकाले नयाँ मुख्यमन्त्रीको शपथ खानबाट बञ्चित हुने देखिएको हो ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएकाले नयाँ मुख्यमन्त्री बन्न धारा १६८ को १ बाधक भएको बताए ।
उनले संविधानको धारा १६८ को २ अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीको शपथ गर्ने भएका छन् । त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
जसपाले पदमुक्त गरेका २ जना समानुपातिक सांसदको नियुक्ती प्रक्रिया अघि बढाइसकेको स्रोतले जानकारी दियो । त्यसपछि जसपाको सांसदको संख्या ४, माओवादी केन्द्रका सभामुखसहित १९ कांग्रेसको १९ र जनमोर्चाको १ गरेर ४३ हुन्छ ।




प्रतिक्रिया