लुम्बिनीमा एमालेका तीन जना सांसदले दिए राजीनामा

लुम्बिनीमा एमालेका तीन जना सांसदले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेशका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त गरेको भन्दै एमालेका तीन जना सांसदले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा अजय शाही, दुगनारायण पाण्डेय र धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् ।

शाही नवलपरासी पश्चिम, पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क) र श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् ।

उनीहरुले राजीनामा दिएको पत्र प्रदेश सभा सचिवालयमा पेश गरिसकेका छन् ।