काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार २ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १६ हजार १ सय ४७ जनाका पिसिआर र ६ सय २३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा सात हजार २ सय ११ जनालाई संक्रमण पुष्टि भएको छ ।
भक्तपुरमा २०१, ललितुरमा ५५० र काठमाण्डुमा २७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको सख्या ४८ हजार ७ सय ११ पुगेको छ। आज देशभर एक हजार ६ सय १२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया