काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनले आइतबार श्रीमतीसहित आफूलाई पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य छ र हामी निवासमा नै आराम गरिरहेका छौँ’, उनले लेखेका छन् ।
त्यस्तै उनले आफ्ना सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ,’ उनले भनेका छन् ।
आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021




प्रतिक्रिया