काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले आज दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गरेका छन् । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्रले संसदमा विश्वासको मत लिने घोषणा गरेपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत कसरी जुटाउने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा अन्य दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने बताइसकेको छ । सोहीअनुसार कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गरिसकेको छ ।
तर, जसपाभित्र नयाँ सरकार गठनका विषयमा दुई धार देखिएपछि कांग्रेसले संख्या नपुग्ने भन्दै प्रक्रिया अगाडि बढाउन सकेको छैन् ।




प्रतिक्रिया