काठमाण्डु – जनता समाजवादी पार्टी(जसपा) ले आफ्ना सवै सांसदहरुलाई काठमाण्डु बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आफु पक्षधर २० जना सांसदलाई काठमाण्डु बोलाएका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २७ मा विश्वासको मत लिने घोषणा गरेपछि ठाकुरले आफु पक्षधर सांसदहरुलाई काठमाण्डु बोलाएका हुन ।
जसपाभित्र संसदिय दलमा ठाकुरको बहुमत छ । पार्टीको कार्यकारिणीमा समेत बहुमत जुटाउने प्रयास भइरहेको स्रोतले बतायो ।
‘आज वा भोलीभित्र जसपाभित्र कसको बहुमत छ भन्ने देखिहालिन्छ। अहिले बोलेर केही अर्थ छैन । उपेन्द्रजीले आफुसंग बहुमत छ भनेर झुटो कुरा बोलिराख्नुभएको छ,’ ठाकुर निकट एक नेताले काठमाण्डुपाटीसंग भने ।




प्रतिक्रिया