काठमाण्डु– जसपाका सांसदहरुले अध्यक्ष उपेन्द्र यादवका क्रियाकलापले पार्टीलाई कमजोर बनाएको आरोप लगाएका छन् । जसपाका सांसद विमलप्रसास श्रीवास्तवले अध्यक्ष यादवको गतिविधी पार्टी फुटाउन उद्दत रहेको आरोप लगाएका छन् । लुम्बिनी प्रकरणपछि यादवकै कारण जसपा फुटको संघारमा पुगेको श्रीवास्तको भनाई छ ।
श्रीवास्तव यादव निकट नेता हुन । उनले पार्टी एकताविरोधी गतिविधी छोडेर एकढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा थियो । त्यसैगरी अर्का सांसद उमाशंकर अरगरियायले पार्टी अध्यक्ष यादवले आफु बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेलेको आरोप लगाए ।
पार्टीमा बैठक नै नबसी सांसदहरुलाई कार्वाही गर्नु अवैधानिक काम भएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ।
जसपाभित्र लुम्बिनीका चार जना सांसदहरुलाई कार्वाही गरेपछि पार्टीमा बिवाद छ । अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षले चार सांसद्लाई कारबाहीका लागि सिफारिस गरेपछि जसपामा विवाद चर्केको हो । त्यसको अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने विरोध जनाउंदै निर्वाचन आयोग र अदालतसम्म पुगिसकेको छ ।
जसपा अध्यक्ष उपेन्द्र र बावुरामले माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसंग मिलेर लुम्बिनीमा चलखेल गरेको जसपाका नेताहरुको आरोप छ । उपेन्द्र निकट केही सांसद ठाकुरसंग जाने तयारीमा छन् । जसपामा ठाकुरको पक्षमा बहुमत सांसद छन् ।




प्रतिक्रिया