कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख दिने सरकारको घोषणा

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १ लाख दिने सरकारको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुका परिवारलाई जनही १ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

मृत्यु भएका व्यक्तिहरुका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड तय गरेर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिइन् ।