काठमाण्डु – नेकपा एमालेबाट राजीनामा दिएका दुगनारायण पाण्डेय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
लुम्बिनी प्रदेश सदस्यबाट राजीनामा दिएका नेता पाण्डे कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसले उनलाई राष्ट्रियसभा सदस्य बनाउने समेत बताएको छ ।
कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डेलाई जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा चारै दलको गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।




प्रतिक्रिया