उद्योगमन्त्री भट्ट धनगढीमा : २ हजार क्षमताको आईसोलेसन निर्माण कार्य सुरु

उद्योगमन्त्री भट्ट धनगढीमा : २ हजार क्षमताको आईसोलेसन निर्माण कार्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– उद्योग,वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट कोरोना भाइरसको महामारीबाट आक्रान्त सुदुरपश्चिम पुगेका छन् । सघीय सरकारले कोभिड – १९ को महामारी रोकथाम,नियन्त्रणका लागि सातै प्रदेशहरुमा समन्वय गर्न सात जना मन्त्रीलाई संयोजक तोकेको थियो ।

प्रदेशसंग समन्वय र सयोजन गरी महामारीविरुद्धको लडाइमा आवश्यक पर्ने लजिष्टिकलगायतका सहयोगको लागी मन्त्रीहरुलाई उक्त जिम्मेवारी दिएको हो ।

भट्टले सुदुरपश्चिम प्रदेशमा अभाव भइरहेको अक्सिजन सिलिण्डरको व्यवस्थापन र अक्सिजनको आपुर्तीलाई सहज बनाउन पहल गरिरहेका छन् । अहिले नेपालगंजमा रहेको अक्सिजन प्लान्टबाट नियमित रुपमा अक्सिजन आईरहेको छ ।

मन्त्री भट्टका स्वकिय सचिव हितेष ओझाले अहिले नेपालगंजबाट अक्सिजन नियमित रुपमा आईरहेको जानकारी दिए । त्यसका साथै चीनबाट अक्सिजन सिलिण्डर आउने वित्तिकै १५ सय थान सुदुरपश्चिम आउने गरी व्यवस्थान भइरहेको उनले बताए ।

त्यसका साथै गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रुपमा प्रयोग गर्न पनि उनले नै पहल गरेका थिए । मेडिकल कलेजको मुख्य भवनलाई जिल्ला कोभिड संकट व्यवस्थावन केन्द्र कैलालीलाई निर्देशन दिएसंगै सोमबार मन्त्री भट्ट निरीक्षणका लागी त्यहा पुगेका थिए ।

मन्त्री भट्टको अध्यक्षतामा बसेको बैठकले डीसीसीएमसीको मातहत रहने गरी कोरोना केयर सेन्टरका रुपमा काम सुरु गर्ने निर्णय समेत गरिसकेको छ । उक्त सेन्टर २ हजार क्षमताको होल्डिङ सेन्टरसहितको आइसोलसन निर्माण हुने ओझाले बताए । आजको बैठकले प्रमुख अधिकारी खगेन्द्र रिजालको नेतृत्वमा र्यापिड एक्सन टीम समेत बनाइसकेको छ ।

आजको बैठकमा उद्योगमन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागी गेटामा तत्काल विद्युत जडान, खानेपानी,स्वास्थ्य सामाग्री तथा उपकरण व्यवस्थापनको लागी समेत निर्देशन दिएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारले कोरोनाको महामारी हुंदा पनि कुनै काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संघीय मन्त्री भने फिल्डमै खटिरहेका छन् ।

सुदुरपश्चिममा अस्पतालमा बेड नभएको,सिलिण्डर र अक्सिजनको समेत अभाव रहेको र एम्बुलेन्स पनि उपलब्ध नभएको तर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने त्यसका लागी कुनै पहल नगरेको भन्दै उनको आलोचना भइरहेको छ ।

मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार उद्योगमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्रीलाई बोलाएपनि उनी कार्यक्रममा समेत उपस्थित भएनन् ।

मन्त्री भट्टका स्वकिय सचिव ओझाले आफुले मुख्यमन्त्री र प्रदेशका सामाजिक मन्त्रीलाई खवर गरेपनि दुवै जना उपस्थित नभएको जानकारी दिए ।

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएपछि सबै अस्पतालहरु भरिभराउ छन् । सुदुरपश्चिका जनतालाई उपचारमा सहज होस भनेर यो अस्पताललाई आईसोलेसन बनाउन लागिएको हो ।

मन्त्री भट्टकै पहलमा केही दिन अघि शिक्षा मन्त्रालयले गेडा मेडिकललाई आईसोलेसन सेन्टर संचालनका लागी अनुमती दिएको थियो ।