काठमाण्डु– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् ।
साउदी अरबको नागरिक उड्डयनसम्बन्धी सामान्य प्राधिकरण (जीएसीए) ले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार मृतकमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक-एक नागरिक छन् ।
घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ ।
आक्रमणबाट विमानस्थलमा भौतिक क्षतिसमेत भएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन् ।
आक्रमणपछि सुरक्षा अवस्था जाँच गर्न र विमानस्थलका संरचनाको सुरक्षाबारे सुनिश्चित गर्न उडान तथा विमानस्थल सञ्चालन अस्थायी रूपमा रोकिएको थियो ।
यसअघि बिहीबार पनि सोही विमानस्थलमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा तीन साउदी नागरिकको मृत्यु भएको र केही घाइते भएको समाचारमा उल्लेख छ ।
लगातारका आक्रमणपछि रियाद विमानस्थलको सुरक्षा अवस्था र हवाई सेवामा पर्ने असरबारे चिन्ता बढेको छ ।



प्रतिक्रिया