रेम्डिसिभिर औषधिको हाहाकार, बंगलादेशबाट ३ हजार भाईल काठमाण्डु ल्याइँदै

रेम्डिसिभिर औषधिको हाहाकार, बंगलादेशबाट ३ हजार भाईल काठमाण्डु ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड–१९ संक्रमितका बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधि आज नेपाल ल्याइँदैछ । बजारमा रेम्डिसिभिर अभमव भएको अवस्थामा तिन हजार भाईल औषधि ल्याउन लागिएको हो ।

उक्त औषधि आजै वितरण गरिने औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । औषधि ब्याक्सिमो फर्मास्युटिकल्स प्रा.लि. बंगलादेशको हाम्रो मेडिसिन डिस्ट्रिव्युटर्सले आपुर्ति गरेको हो ।

सो औषधि बिरामीले ४ हजार ९ सयमा प्राप्त गर्ने छन् । भोलि पनि बंगलादेशकै इन्सेप्टा कम्पनीको ४ हजार भाइल रेम्डिसिभिर औषधि भित्रिने केसीले जानकारी दिए ।

औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुपति प्रदान गरेको छ ।

सो औषधि एक महिना भित्र सबै नेपाल आइपुग्ने केसीले बताए । अहिले बजारमा रेम्डिसिभिर पाउनै मुस्किल छ कतिपय बिरामीका आफन्तले १ भाइलकै ३० हजार सम्म तिरेको गुनासो आइरहेको छ ।