संवैधानिक परिषदकाे बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

संवैधानिक परिषदकाे बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन् ।

दाहालले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले पनि परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।