काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शनिबारको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । यस्तै बैठकले अरु दललाई पनि प्रधानमन्त्रीलाई मत नदिन आग्रह गरेको छ ।




प्रतिक्रिया