थप ५३ जनाको मृत्यु, ८४१८ जनामा काेराेना संक्रमण पुष्टि

थप ५३ जनाको मृत्यु, ८४१८ जनामा काेराेना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लाे २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यस्तै  कोरोना भाइरसको संक्रमणबाट ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ। यस्तै ३३७० जना भने निको भई घर फर्किएका छन् । अहिले निको हुने दर ७७.४ प्रतिशत रहेको छ ।