हप्ताको पहिलो दिन कस्तो रहला तपाईंको भाग्यफल ?

हप्ताको पहिलो दिन कस्तो रहला तपाईंको भाग्यफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल वैशाख २६ गते आइतबार । इस्वी सन् २०२१ मे ०९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा काम बन्ने हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  माया प्रेममा सामीप्यता बढेर जानेछ ।  सवारी साधन प्राप्तिको गतिलो सम्भावना छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रसन्न हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  आमा वा परिवारका सदस्यहरूको सहयोग पाइने हुँदा शरीरमा स्फुर्ती बढ्नेछ । मायाप्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने तपाईंको लोकप्रियता चुलिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।  माया प्रेमको गाँठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरू चढ्न सकिनेछ । प्रेमका कोपिलाहरू फक्रियर जानेछन् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिने छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पढाइलेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय छ । पुराना ऋण सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घरपरिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरू खुसी हुनेछन् ।  भौतिक तथा विलाशी वस्तुहरू प्राप्तिको गतिलो योग छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) भाग्यले साथ दिने हुनाले औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) माया प्रेमका कोपिलाहरू फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । आकस्मिक धनसम्पत्ति हातलागी हुने योग छ । आस मारेको काम बन्नाले मन प्रसन्न हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अली बढी मिहिनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरूको सल्लाह बमोजिम अगाडि बढ्नुहोला, गन्तव्य पहिल्याउन सहज हुनेछ ।