काठमाण्डु– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।कांग्रेस सभापति देउवाको निजी निवास बुढालिकण्ठमा आइतबार बिहान दुई समूहका नेताहरुबीच डेढ घण्टा वार्ता भएको थियो । भेटमा जसपाका अर्का नेता राजेन्द्र महतो समेत सहभागी थिए ।
जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको भन्दै उनका कुराका पछि नलाग्न सुझाव दिएको स्रोतले जनाएको छ । जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन् ।
उनले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका । अध्यक्ष ठाकुरले सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका छन् ।
नेकपाका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १५ सांसदले सांसद पदबाट राजीनामा दिने तयारीसंगै कांग्रेस सभापतिले नयां सरकार गठनका लागी छलफल सुरु गरेका छन् ।
उनले जसपाका २१ सांसदको सहयोग खोजिरहेका छन् । तर, जसपामा बहुमत सांसद अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने पक्षमा छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने देउवाको नेतृत्वमा सरकार बनाउने पक्षमा छ । प्रधानमन्त्री ओली र देउवा कसलाई समर्थ गर्ने भन्नेमा जसपाभित्र बिवाद छ । यही विवादले पार्टी नै विभाजन हुने सम्भावना पनि छ । जसपाको बैठक आज बस्दैछ । पहिलो चरणमा जसपा तटस्थ बन्ने लाईनमा छ ।




प्रतिक्रिया