काठमाण्डु – संवैधानिक परिषद्को बैठक सकिएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तीका लागि सिफारिस गरेको छ ।
परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सििनालगायतको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित थिए ।




प्रतिक्रिया