सांसदहरुले सामुहिक राजीनामा दिने निर्णय भएको छैन :सुरेन्द्र पाण्डे

सांसदहरुले सामुहिक राजीनामा दिने निर्णय भएको छैन :सुरेन्द्र पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सांसदहरुले सामुहिक राजीनामा दिने निर्णय नभएको बताएका छन् । एमालेमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा दिने चर्चा चलिरहेका बेला प्रभावशाली नेता पाण्डले भने त्यस्तो निर्णय नभएको बताएका हुन ।

शनिवार बसेको नेपाल समुहका सांसदहरुको बैठकमा राजीनामा पत्रमा हस्ताक्षर भएको र विश्वासको मत लिनुअघि नै आज सामूहिक राजीनामा दिने चर्चा चलेको थियो । पाण्डेले भने राजीनामाबारे कुनै निर्णय नभएको दावी गरेका छन् । उनले आज स्थायी समिति बैठक बस्ने निर्णय भएको तर अहिलेसम्म समयको टुंगो नलागेको बताए । आईतबार सांझसम्म आफुहरु एउटा टुंगोमा पुग्ने पाण्डेको भनाई थियो ।

पाण्डेसहितका युवा नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल र गणेश पहाडीलगायत नेताहरु राजीनामा दिन नहुने पक्षमा छन् । तर,भिम रावल,रघु पन्त र अष्टलक्ष्मी शाक्यहरु भने राजीनामा दिने पक्षमा छन् ।

माधव पक्षका (दैलेख–२) बाट निर्वाचित सांसद राजबहादुर बुढाले अहिले नै सामूहिक राजीनामाको बेला नभइसकेको बताएका छन् भने दाङ क्षेत्रनम्बर ३ का माधवपक्षिय सांसद हिराचन्द्र केसीले भने आफुले राजीनामा नदिने घोषणा गरिसकेका छन् ।