लोकसेवाको अध्यक्षमा रेग्मी, अख्तियार र निर्वाचन आयोगमा को ? (सूचीसहित)

लोकसेवाको अध्यक्षमा रेग्मी, अख्तियार र निर्वाचन आयोगमा को ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक परिषद्को बैठकले संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गरेको छ स्रोतको दावी छ । तर, निर्णय भने गोप्य राखिएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तीका लागि सिफारिस गरेको हो ।

परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।