भट्टराई निवासमा जसपा पदाधिकारी बैठक जारी

भट्टराई निवासमा जसपा पदाधिकारी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीको पदाधिकारी बैठक सुरु भएको छ ।

आइतबार जसपा अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखामा पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव अशोक राई, राजेन्द्र श्रेष्ठ र बावुराम भट्टराई सहभागी छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मत लिँदैछन् । सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक जारी छ । आजको बैठकले जसपाको कुनै पनि समूह प्रधानमन्त्रीको पक्ष वा विपक्षमा नउभिने निर्णय गर्ने स्रोतले जानकारी दियो ।

आइतबार जसपा अध्यक्ष ठाकुर र नेता महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनीहरुले दुवै पक्षलाई आफूहरु कसैको पक्ष र विपक्षमा नलाग्ने भन्दै तटस्थ रहने बताएका थिए ।