काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका सांसद संसद सचिवालयमा पुगेका छन् । उनीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला नेपाल समूहका सांसद सिंहदरबारस्थित संसद सचिवालयमा पुगेका हुन् ।
सचिवालय परिसरमा विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठलगायतका सांसदहरु पुगिसकेका छन् । अन्य सांसदहरु पनि जम्मा हुनेक्रम जारी रहेको बताइएको छ ।




प्रतिक्रिया