नेपाल समूहको राजीनामा रोक्न प्रधानमन्त्रीले खटाए दुई नेता

नेपाल समूहको राजीनामा रोक्न प्रधानमन्त्रीले खटाए दुई नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहसँग वार्ता गर्न दुई जना नेतालाई पठाएका छन् ।

नेपाल समूहका सांसदरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वार्ताका लागि खटाएका हुन् ।

अहिले ओली र नेपाल समूहका नेताहरुबीच सिंहदरबारमा वार्ता चलिरहेको छ । नेपाल समूहका सांसदहरु पनि सामूहिक राजीनामा बोकेर संसद सचिवालय सिंहदरबारमा पुगेका छन् । उनीहरुलाई रोक्न प्रधानमन्त्रीले दुई जना नेतालाई खटाएका हुन् ।