चिनियाँ खोपबारे विज्ञका दोधारे कुरा, यस्तो छ वास्तविकता

चिनियाँ खोपबारे विज्ञका दोधारे कुरा, यस्तो छ वास्तविकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप सिनोफार्मलाई विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । पश्चिमा मुलुक बाहेक कोभिड–१९ विरुद्धको खोप प्रयोगमा चीनले पहिलो पटक अनुमति पाएको हो ।

डब्लूएचओको अनुमति अघि पनि चीन र अन्य केही मुलुकमा लाखौंले यस अघिनै सिनोफार्मले उत्पादन गरेको खोप लगाईसकेका छन् । सीनोफार्मको दुई बीबीआईपी (बेइजिङ बेस्ड) र डब्लुआइबीपी (वुहान बेस्ड) इन्एक्टिभेटेड, भेरोसेल कल्चर एन्ड इनएक्टिभेटेड भ्याक्सिनहरु छन् । तर, कतिपय बिज्ञहरु भने जनतालाई गलत सूचना दिइरहेका छन् ।

बीबीआईपीले डब्लुएचओ मान्यता प्राप्त गरेको भएपनि डब्लुआइबीपी ट्रायल फेजमा रहेकाले यसले मान्यता नपाएको उनिहरुको तर्क छ । खोपको अनुमति दिने डब्लुएचओले ४ मे, २०२१ मा कूल १९ वटा खोप आपतकालीन अनुमति/प्रिक्वालिफिकेसनमा सूचीकृत गरेको छ । जसमा चीनमा बनेका ६ वटा खोप छन् सिनोफार्म/बीआईबीपी, सिनोभ्याक, क्यानसिनोबायो, झिफेइ लङकम चाइना, आईएमबीसीएएमएस चाइना र सिनोफार्म/डब्लुआईबीपी । डब्लुएचओले ७ मे, २०२१ मा जारी गरेको विज्ञप्ति अनुसार सिनोफार्मको बेइजिङ बायोइन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टसले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

विज्ञका अनविज्ञता

त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका प्रोफेसर द्विजराज भट्टले ट्वीटरमा बीबीसी नेपालीमा प्रकाशित समाचारको लिङ्कसहित शनिबार राति लेखेका छन्, ‘नेपालमा प्रयोग भइरहेको चिनियाँ खोप सिनोफार्म डब्लुआईबीपी हो । यसले डब्लुएचओ मान्यता पाएको होइन । सिनोफार्मको अर्को खोप बीबीआईपीले मान्यता पाएको हो । दुवै खोप भेरोसेल बेस्ड इनएक्टिभेटेड भ्याक्सिन हो ।’

उनले भ्रामक समाचार भएको बताउदै पुष्टि गरेर मात्र लेख्न आग्रह गर्दै खण्डन छाप्नसमेत आह्वान गरे । यसैगरी भाइरोलोजिस्ट डा. लुना भट्ट शर्माले पनि ट्विटरमा लेखिन्, ‘झुक्याउने काम नहोस् । सीनोफार्मको दुई बीबीआईपी (बेइजिङ बेस्ड) र डब्लुआइबीपी (वुहान बेस्ड) इन्एक्टिभेटेड, भेरोसेल कल्चर एन्ड इनएक्टिभेटेड भ्याक्सिनहरु छन् । बीबीआईपीले डब्लुएचओ मान्यता प्राप्त ग¥यो तर डब्लुआइबीपी ट्रायल फेजमा छ । मान्यता त परैको कुरा भयो । त्यसै सित्तैमा दिएको होइन ।’

चीनले ८ लाख डोज चीनमा बनेको खोप निःशुल्क दिएको थियो । त्यसैलाई इङ्गित गर्दै उनले ‘त्यसै सित्तैमा दिएको होइन’ लेखेको बुझिन्छ ।

औषधी र खोपको अनुमति दिने सरकारी निकाय औषधी व्यवस्था विभागले १७ फेब्रुअरी २०२१ मा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो। त्यतिबेलाको सूचना वेबसाइटमा राखिँदा शीर्षकमा नै EUA of covid 19 vaccine -Vero cell_, inactivated manufactured by BIBP-under sinopharm ) लेखेको देखिन्छ । विभागको सूचनामा पनि खोप उत्पादकको नाम बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस (बीआईबीपी) लेखिएको छ ।

त्यसो त नेपालले अनुमति दिएर खोप लगाउँदासम्म डब्लुएचआले यसलाई स्विकृती दिएको थिएन । यो डब्लुएचओले शुक्रबार नयाँ स्वीकृति दिएको खोपको हो । नेपालमा त्यही खोप आएको हो । तर, विज्ञहरुले होइन भन्ने पार्न खोज्ने गरी प्रतिक्रिया जनाउँदा नागरीकहरु दुविधा परेका छन् ।