आफू चड्ने गाडी कोरोना रोकथाममा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा

आफू चड्ने गाडी कोरोना रोकथाममा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर- थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोप न्यूनीकरणमा प्रयोग गर्ने भन्दै सो अवधिमा आफूले नचढ्ने घोषणा गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले सामाजिक संजालमार्फत यस्तो घोषणा गरेका हुन् । उनले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना प्रकोपमा प्रयोग गर्ने बताउँदै सो अवधिभर आफू गाडी नचढ्ने घोषणा गरेका हुन् ।

पुरीले लेखेका छन् ‘मैले प्रयोग गरिरहेको थाहा नगरपालिकाको गाडी नम्बर बा २ झ १२५९को गाडी कोरोना र दैबिप्रकोपमा प्रयोग गर्नेगरी हस्तान्तरण गरेको छु। कोरोना अबधीभर मैले चढिरहेको गाडि नचड्ने घोषणा गर्दछु।’

सुविधा भन्दा पनि नागरिकको ज्यान ठुलो भएको भन्दै पुरीले आफूले चढ्ने गाडी कोभिड रोकथाम तथा नियन्त्रणका गतिविधिमा प्रयोग गर्न हस्तान्तरण गरेको पुरीले बताएका छन् ।

आइतबार कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक बसेको छ । थाहानगरमा दैनिक रुपले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि एम्बुलेन्सको अभावले बिरामीले समयमै सेवा नपाउने सम्भावनाको अन्त्य गर्न अटोरिक्सा प्रयोग गर्ने निर्णय समेत गरेको थियो ।