यस्तो छ सोमबारको मौसम पूर्वानुमान

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले सोमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभावले मौसम सोमबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिमका भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा भई रहेको छ ।

दिउँसो देशको पहाडि भूभागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।