काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीलाई दिएको अल्टिमेटम सकिएको छ ।
आइतबार साँझ बसेको नेपाल समूहको बैठकले सोमबार बिहान ९ बजेसम्म आफूहरुका माग पूरा गर्न अल्टिमेटम दिएको थियो । तर, पार्टी अध्यक्ष ओलीले उनीहरुका मागबारे कुनै चासो नदेखाएपछि नेपाल समूहको बैठक बस्न लागेको छ।
आजको बैठकले सामूहिक राजीनामा दिने विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ । नेपाल समूहका नेता योगेश भट्टराईले बैठक बसेर आवश्यक निर्णय लिने बताए ।
नेपाल समूहले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री अोलीले त्यसलाई इन्कार गर्दै आएका छन् ।
आज प्रधानमनत्री अोलीले संसदमा विश्वासको मत लिँदैछन् । विश्वासको मत नपाएको खण्डमा राजीनामा दिने उनको तयारी छ । विश्वासको मत लिनु अगाडि नै राजीनामा दिने नेपाल समूहको तयारी छ ।




प्रतिक्रिया