झलनाथ खनाल कोरोना संक्रमणमुक्त

झलनाथ खनाल कोरोना संक्रमणमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उनी आइतबार साँझ सङ्क्रमणमुक्त भएका हुन् ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण नदेखिएको बताए । उनका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै हुनेछन् ।

सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।