काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले माधव नेपाल समूहलाई वार्ताका लागि बोलाएका छन् ।
सोमबार ट्वीटमार्फत प्रधानमन्त्री अोलीले आज आफूले संसदमा विश्वासको मत लिने भन्दै समस्या भए वार्तामार्फत समाधान हुने बताएका हुन् । उनले विश्वासको मत लिनु अगाडि नै राजीनामा बुझाउन तयारी गरिरहेको नेपाल समूहलाई हतारमा निर्णय नगर्न आग्रह गरेका छन् ।
‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’, प्रधानमन्त्री अोलीले भनेका छन् ।
अोलीले नेकपा (एमाले) संसदीय दलका सबै सांसदहरुलाई आज आफूले विश्वासको मत लिने विषय जानकारी भएको भन्दै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको पनि स्मरण गरेका छन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ ।
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
— K P Sharma Oli (@kpsharmaoli) May 10, 2021




प्रतिक्रिया