केपी ओलीलाई मत दिने विषयमा नेपाल समूह विभाजित

केपी ओलीलाई मत दिने विषयमा नेपाल समूह विभाजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूह दुई भागमा विभाजित भएको छ । नेपाल समूहका सांसदहरु राजीनामा दिने र नदिने पक्षमा विभाजित भएका हुन् ।

नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायत राजीनामाको विपक्षमा छन् भने वरिष्ठ नेता माधव नेपाल, भिम रावल, रघुजी पन्त र वेदुराम भुषालहरु राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने र नगर्ने विषयमा पनि नेपाल समूह दुई भागमा बाँडिएको छ । सोमबार सिंहरबारमा बसेको बैठकमा भीम रावल पक्षहरुले संसद बैठकमा उपस्थित नहुने निर्णय लिएका छन् ।

घनश्याम भुसाल पक्षले भने पार्टीले ह्वीप लगाइसकेकाले बैठकमा उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुपर्ने अडान लिएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले पार्टीभित्र समस्या भए वार्तामा आउन नेपाल समूहलाई आह्वान गरेका छन् । उनले दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन् ।