काठमाण्डु – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको माअोवादी केन्द्रकी सांसद ओनसरी घर्तीले जानकारी दिइन् ।
‘आज हामीले अविश्वासको पक्षमा मतदान गर्छौं । प्रधानमन्त्रीजी कसरी प्रस्तुत हुनुहुन्छ सोही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’, उनले भनिन् ।
पूर्वसभामुखसमेत रहेकी सांसद घर्तीले प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने निष्कर्ष निकालेको पनि बताइन् । उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने जानकारी दिइन् ।
‘आज नै अविश्वासको प्रस्ताव ल्याउने कुरा भएन । अन्य दलहरुसँग पनि छलफल गरेर त्यस (अविश्वास) विषयमा निर्णय हुन्छ’, उनले भनिन् ।




प्रतिक्रिया