काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गर्ने आशंका व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गर्न विश्वासको मत लिन खोजेको आशंका व्यक्त गरेका हुन् ।
‘कतै फेरि प्रतिनिधिसभा विघटनका लागि विश्वासको मत लिन खोजिएको त होइन ?’, उनले भने, ‘तपाईले आज विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु । फेरि यो सदनलाई विघटन गर्छु । फेरि त्यो अवस्थामा जान आउनु भएको त होइन ? विघटनको पक्षधर भएकाले विश्वासको मत लिने बाटो लिनु भएको होइन ? ’




प्रतिक्रिया